थारु भाषिक शुद्धतामा प्रश्न (?)

२०६८ सालको राष्ट्रिय जनगणनाअनुसार नेपालको कूल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ छ । जसमध्ये थारूको जनसंख्या १७ लाख ३७ हजार ४७० छ । भाषागतरूपमा थारू भाषीहरुको संख्या १५ लाख २९ हजार ८७५ मात्र छ । नेपालमा थारूहरू चुरे र तराई तथा भित्री तराईका प्रथम वासिन्दा ‘भूमिपुत्र’ मानिन्छन् । इतिहास शिरोमणि बाबुराम आचार्यकाअनुसार त्यसताका हिमालय–पर्वत शृङ्खलाको दक्षिणी पाखामा रहेका पहाडी उपत्यका तथा समतल मैदानी भागमा एक विशिष्ट जनसमुदायको आवादी थियो । यसक्षेत्रका मूल निवासी तिनै जाति हुन् । पछि इतिहासको कालखण्डमा पश्चिमबाट बसाई सरी आएका नवागन्तुक आर्यावर्तीय आर्यहरुले ती भूमिपुत्रलाई ‘किरात’ भन्ने नाम दिएको पाइन्छ । वर्तमान नेपालको भूभागभित्र वर्तमान काठमाडौं उपत्यका र यसभन्दा बाहिर अन्यत्र पनि तिनताका यस्तै जनजातिको पातलो आवादी हु“दो हो । वर्तमान समयका भाषा वैज्ञानिकले यस जातिलाई ‘अष्ट्रो–एशियन वा आग्नेयदेशी नाम दिएका छन् ।
नेपालको प्राचीन कालमा गोपालवंशीले करिब दुईसय वर्ष शासन गरेका थिए । तिनले राष्ट्र निर्माणको प्रक्रिया अर्थात नेपालीकरणको प्रक्रियालाई बलियो बनाए । यसैगरी महिषपालहरुले करिब पचहत्तर वर्षसम्म शासन गरी नेपाललाई नेपालीकरणको प्रक्रियामा योगदान दिए । ईशाको प्रारम्भिक शताब्दीतिर नेपाल उपत्यकामा किरा“ती शासनकाल त्यतिवेलाको समयमा नेपालमा सबभन्दा बढी शासन गरेका थिए । किरा“तको लामो सत्तालाई पल्टाएर लिच्छविहरुले नेपालमा शासन गरे । यिनीहरु भारतको बैशालीबाट आएका थिए तापनि तिनीहरु नेपालीपनलाई आत्मीकरण गरेर नेपालीकरणको प्रक्रियालाई विकास गरेका थिए । प्राचीनकालमा भएको नेपालीकरणको प्रक्रिया प्रभावकारी थियो । मध्यकालमा मल्ल राजाहरुले नेपाललाई समृद्ध बनाउन सकेनन् । तिनका धेरै कमिकमजोरी देखिए । आधुनिक कालमा आएर शाहवंशीय राजा पृथ्वीनाराायण शाहले नेपाललाई एकीकरण गरेका हुन् । त्यही निहु“मा त्यसपछिका शाह वंशीय राजाहरूले राष्ट्रमाथि बलजफ्ती गर्दै एक जाति, एक भाषा, एक भेष, एक धर्म, कला र संस्कृतिजस्ता प्रभुत्व लादन खोजे ।

विबिधतामा एकता र साजीक सहिष्णुता शदियौदेखि कायम भएको मुलुकमा यसबाट समाजमा ठूलो अन्तरविरोध पैदा भयो । पहिलो जनआन्दोलनले नेपालमा विद्यमान एकदलीय पञ्चायती तानाशाही व्यवस्थालाई फ्याकेर बहुदलीय शासन व्यस्थालाई नेपालमा स्थापना ग¥यो । यसैगरी दोस्रो जनआन्दोलनले लामो समयसम्म शाहवंशीय सत्तालाई च्यूतगरि नेपालमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना गरेको छ । आज त्यसैको परिणती हो हामीले गोरखापत्र राष्ट्रिय दैनिकजस्तो सरकारी मुखपत्रको ‘नया“ नेपाल’ थारू पृष्ठमा थारू भाषामा लेख्न र पढने अवसर पाएका छौं । तर अपसोचको कुरा यो छ कि पृष्ठका संयोजक कृष्ण सर्वहारीका कारण गोरखापत्र राष्ट्रिय दैनिकमा प्रकाशन हुने थारू भाषाको अस्तित्वमा प्रश्न चिन्ह खडा गरेको छ । २०७७ साल जेठ २१ गते बुधवार प्रकाशीत संयोजक कृष्ण सर्वहारीको लेख ‘बन्डा बन्डीमे थारु भासा साहिट्यके भौगर खिट्कोराइ’मा केद्रित भएर यो आलेख तयार गरेको छुँ ।

वि.सं. २०२८ सालमा थारू भाषामा प्रकाशन हुने ‘गोचाली’ वार्षिकको पङ्तिकार प्रधान सम्पादक थियो । यो पत्रिका थारू भाषामा प्रकाशन हुने पहिलो पत्रिका थियो । यसलाई थारू भाषिक आन्दोलनको सशक्त आवाज पनि मान्ने गरिन्छ । २०२८ देखि २०३० सालतिर थारू भाषा, साहित्य र संस्कृतिको प्रमूख आधार थारू लोकसाहित्य हो भन्ने मान्यताका आधारमा लेखकले आफै मौखिक रुपमा गाईने थारू लोक साहित्यहरु गुरुबाबक् जलमौती (शिव पुराण), बडकिमार (महाभारत), मा“गर र झुमरा गीत सङ्कलन गरी बनारस, भारतबाट प्रकाशन गरेका थिए । लेखकको ‘थारू भाषक् लिरौसी व्याकरण’ पहिलो थारू भाषामा प्रकाशन भएको व्याकरण मानिन्छ । २०६१÷६३ तिर लेखक नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीको तराई भाषा उपसमीतिका सदस्यमा रहँदा तराईका थारू भाषिकाहरू राना, कठरिया, देसाउरी, दङ्गाहा, चितौनिया, बारा सप्तरिया र मोरङ्गीयाबारे गरिएको लघु अनुसन्धानको प्रतिलीपि प्रज्ञा प्रतिष्ठानमा प्रकाशनको क्रममा छ ।

सुनितकुमार चटर्जीद्वारा लिखित ‘किरात जनकृति, १९७४’ अनुसार किरात व्रातहरू, कोल द्रविडहरू तथा अन्यद्वारा बसोबास गरिएका प्राच्य वा पूर्वाञ्चलमा प्राकृत भाषाको मुख्य केन्द्र थियो । पूर्वबाट नै यो भाषा उत्तर–पश्चिम र पश्चिमतिर क्रमैसित फैलिएको हो । पालि प्राकृत भाषाबाट विकास भएको भाषा हो । यो भाषालाई मगधको स्थानीय भाषा पनि भनिन्छ । पालि स्थानिय किरातको अविकसित भाषा हो । यो भाषा भाष्यकारको भाषा भने होइन । पालि भाषामा आदिवासी भाषीको भाषाको सम्मिश्रण बढी भएको मानिन्छ । वैदिक आर्यको यस क्षेत्रमा आगमन पछि यो भाषामा वैदिक आर्यको विकसित संस्कृत भाषाको सम्मीश्रण भएपछि पालिलाई अपभ्रंश भाषा मान्ने गरिन्छ । मौर्यकाल (ई.पू. ४००–२००) देखि आजसम्मको काललाई ऐतिहासिककाल भनिन्छ । ऐतिहासिकाल निर्माणका लागि भाषा विकास र लिपी हुन नितान्त आवश्यक हुन्छ । मौर्यकालसम्म पालि भाषा र ब्राह्मी लिपीको विकास भैसकेको थियो । यसै ब्राह्मी लिपीबाट देवनागरिक लिपीको विकास भयो । राहुल सांकृत्यायनअनुसार ईश्वीसन् पहिलो र यसपछिको पा“चौ शताद्विसम्मको भारतको विचार, साहित्य, समाज आदि सबै क्षेत्रबारे जानकारी अधुरो रहने थियो, यदि हामीसँग पालि साहित्य न भएको भए । हाम्रो इतिहासको कति अन्धकार युगको प्रकाश पालि साहित्यले पा¥यो । हाम्रो ऐतिहासिक नगर, गाउ“मा धेरैलाई विस्मृतिको गर्भबाट वाहिर निष्कने श्रेय पालि साहित्यले दिएकोछ ।

सन् १८८० मा आधुनिक भारतीय आर्य भाषाको अध्ययनका आधारमा डा. ए.एफ.आर. हारूले वैदिक आर्यको भाषा र अनार्यको भाषा सम्मिश्रण काललाई यसरी विभाजन गरेका छन् –
१. महा प्राचीनकाल ः ई.पू. १५०० सम्म स्थानीय र अन्य स्थानीय भाषाहरू बीच समिश्रण ।
२. ई.पू.५०० ः (क) प्राचीनकाल ः स्थानीय भाषा र अन्य स्थानीय भाषावीच सम्मिश्रण हुनुका साथै थारै आर्य भाषाकोसमेत सम्मीश्रण ।
(ख) मध्यकाल ः (अ) प्रथम प्राकृत पालि ः धेरै स्थानीय आदिवासी शब्द र कम संस्कृत शब्द सम्मिश्रण भएको प्राकृत भाषा विकास । बराबर स्थानीय आदिवासी शब्द र संस्कृत शब्द सम्मिश्रण भएको प्राकृत भाषा विकास । कम स्थानीय आदिवासी शब्द र धेरै संस्कृत शब्द सम्मिश्रण भएको प्राकृत भाषा विकास । (आ) द्वितीय प्राकृत (क्षेत्रीय प्राकृत भाषा)ः सौरसेनी प्राकृत, मागधी प्राकृत, अर्धमागधी प्राकृत, महाराष्ट्री प्राकृत । (इ) तृतीय प्राकृत –अपभ्रंश काल) सौरसेनी अपभ्रंश, मागधी अपभ्रंश, अर्धमागधी अपभ्रंश, महाराष्ट्री अपभ्रंश ।(ग) आधुनिक काल ः नेपाली, हिन्दी, मैथली, भोजपुरी, अवधी, थारू, बंगाली आदि ।

उपरोक्त आधारबाट यो कुरा सिद्ध हुन्छ कि स्तरीयताको निर्वाहका लागि यस क्षेत्रका सवै भाषामा आगन्तुक शब्दहरु आएका छन् । यतिमात्र होकि कुनैमा धेरै र कुनैमा थोरै आए । कुनैपनि भाषालाई सम्पन्न र व्यापक बनाउन आगन्तुक शब्द आउन जरूरी हुन्छ । कुनैपनि भाषामा आगन्तुक शब्द आउँदैमा भाषा विटुलो हुँदैन, बरु यसले भाषालाई समृद्ध बनाउँछ । तसर्थ समृृद्ध विकसित भाषाबाट आएका शब्दलाई जस्ताकोतस्तै राख्ने प्रचलन प्रायः छ । तर गोरखापत्र, नया“ नेपाल थारू पृष्ठमा त्यो देखिएन ।

यसको दृष्तान्त संयोजक कृष्ण सर्वहारीद्वारा लिखित २०७७ साल जेष्ठ २१ गते ‘गोरखापत्र, नया“ नेपाल’ मा प्रकाशीत ‘बन्डा बन्डीमे थारु भासा साहिट्यके भौगर खिट्कोराइ’ लेखलाई हेर्न सकिन्छ । जस्मा शुद्धाशुद्धि यसप्रकार छ –
थारू भाषामा ‘बन्द’को अर्थ बन्द हुन्छ भने ‘बन्डाबन्डी’ को अर्थ भागबण्डा हुन्छ । अर्थात् शीर्षकको अर्थ लकडाउन भन्ने अर्थ बुझाउँदैन । बरु यसले‘ थारू साहित्यको भागबण्डाबारे तातो तातो खरानी कोट्याई’ अर्थ लाग्छ । थारू भाषामा ‘भौगर’को अर्थ तातो खरानी हुन्छ ।
१.बन्डाबन्डि (हुनुपर्ने बन्दाबन्दी) २. अर्ठात (अर्थात) ३. डिन (दिन ) ४. बिटैना (था. बितैना, हिं. बिताना) ५. पर्टि बटिन ६. चाहि ७. मिहिनेट (ने. मेहनत) ८. पुजारि (पुजारी) ९.यि (यी) १०. बाटको अर्थ छ, राम छ । यहा“ हुनुपर्ने बात (ने.बात गर्नु) ११. टिनाटावन (था. तिनातावन, ने. तिउनताउन) १२. कोडरा (कोदरा, ने.कोदालो) १३. हरवरडा (हरबरधा) १४. पट्रकार (पत्रकार) १५. कापि (कापी १६. जिन्गि (जिन्दगी), १७. साहिट्यिक (साहित्यिक) १८. याटरा (यात्रा) १९.चल्टि बा (चल्टी बा) २०. अनुभुटि (अनुभूति) २१. अर्जि (हि.ंअर्जी) २२. डायरि (हिं.डायरी) २३. उट्टर (उत्तर) २४.पर्याप्ट (हि.पर्याप्त) २५. रोज्डिन (हिं. रोजदिन) २६. सव्द (शव्द) २७. भन्डार (ने. भण्डार) २८. जारि (हिं.जारी) २९. आज्कल (हिं.आजकल) ३० सुटउठक (सुतउठक) ३१. . ढोके (था.धोक, ने.धोएर) ३२. खालि (खाली) ३३. कविटा (कविता) ३४. उल्ठा (उल्था) ३५. इहिले (यहिले) ३६. नेपालि (नेपाली) ३७. डवार (द्वार) ३८. सैलि (शैली) ३९. हुइटि बा (हुइटी बा) ४०. लिख्टि बटु (लिख्टी बटु) ४१.. गटे (गते) ४२. .सिरिंखला (शृङ्खला) ४३. इहि (यही) ४४. निरन्टरटा (निरन्तरता) ४५. डेना (देना, ने. दिनु) ४६. ढेरजान (धेरजान, ने. धेरैजना) ४७. डेटि बटा (देती बटा ) ४८. गैरथारु (गैह््र थारू) ४९. सुभेच्छुक (शुभेच्छुक) ५०. प्रस्टुट (प्रस्तुत) ५१. अट्रा (अत्रा) ५२. माटृभासा ( ने.मात्रृभाषा) ५३. ठोठार (थोरथार) ५४. सहयोग कर्टि बा (सहयोग कर्टी बा ) ५५. बाचन (वाचन) ५६. प्रकासिट (प्रकाशित) ५७. बस्टि (बस्ती) ५८. भिट्टर (भित्तर, ने.भित्र) ५९. परटेक (प्रत्येक) ६०. डुनु (था.दुनु, ने. दुवै) ६१. कर्टि बटु (कर्टी बटु ) ६२. बिसयबस्टु (विषयवस्तु) ६३. केिन्ड्रट (केन्द्रित) ६४. हेटु (हेतु) ६५. खुसि (था. खुसी, ने.खुशी, खुसी) ६६. सन्जाल (संजाल) ६७. अनियमिट (अनियमित) ६८. घमन्ड (घमण्ड ) ६९. गिट (गीत) ७०. माढ्यम (माध्यम) ७१. मार्फट (मार्फत) ७२. पुस्टा (ने. पुस्ता) ७३. हस्टान्टरन (हस्तान्तरण) ७४. ओस्टक (ओस्तहक) ७५. गन्टव्य (गन्तव्य) ७६. डुबारा (दुबारा, हिं. दोबारा ) ७७. बहुट (बहुत) ७८. डुख (दुःख) ७९. डेख्के (देख्के) ८०. आ“स (था. आ“श, ने. आँशु) ८१. खुसि (था.खुशीे) ८२. साहिट्यकार (था. साहित्यकार) ८३. रठे (था. अर्थे ८४. पोस्टा (था. पोस्ता, ने. पुस्तक) ८५. पह््र्रटि बटु (पह््रटी, पढटी बटु) ८६. डेउटा (ने. देवता) ८७. राच्छस (राक्षस) ८८. हेर्टि बटु (हेर्टी बटु) ८९. आढुनिक (आधुनिक) ९०. चिन्टन ( चिन्तन) ९१. कर्टि बटु (कर्टी बटु) ९२. उघर्टि बटु (उघर्टी बटु) ९३. भिट्टर (भित्तर ने. भित्र) ९४. प्रभाविट (प्रभावित) ९५. सिनेकर्मि (सिनेकर्मी) ९६. अपवाड (था. अपवाद) ९७. विद्याजि (विद्याजी) ९८. प्रस्टुट (ने. प्रस्तुत) ९९. मेरमेरिक (था. मेह््रमेह््िरक) १००. पट्रकारिटा (पत्रकारिता) १०१. कैटि रहल (कैटी रहल) १०२. सहभागिटा (सहभागिता) १०३. लगायट (लगायत) १०४. प्रस्टुटि (प्रस्तुती) १०५. इटिहास (इतिहास) १०६. पानि (पानी) १०७. अट्रेमे (अत्रेमे) १०८. कट्टि बा (कट्टी बा) १०९. डुनुजन (दुनुजान, ने. दुवैजना) ११०. ग्यान (ज्ञान) १११.अपवाड (अपवाद) ११२. उल्ठा (उल्था ) ११३. लगायट (लगायत) ११४. प्रस्टुटि (प्रस्तुति) ११५. कापि (कापी) ११६. यि (था. यी) ११७. इहि (था. यही) ११८. अटरा (था.अत्रा) आदि ।

यहाँ सम्मकि संयोजक सर्वहारीले संस्कृत (तत्सम) उपसर्ग र नेपाली (तद्भव) उपसर्गबाट बनेका शब्द रचनालाई समेत आफ्नो सम्पादनमा तोडमरोड गरेर लेख्ने गरेकाछन् । उदाहरणस्वरुप तत्सम (संस्कृत) तध्दित प्रत्ययद्वारा निर्मित शब्द ‘कविता’, संस्कृत (तत्सम) कृत् प्रत्यय र कृदन्त शब्द ‘भाषा’ र नेपालीमा प्रचलित तध्दित प्रत्ययद्वारा निर्मित शब्द ‘नेपाली’ लाई समेत यसै आफ्नो लेखमा तोडमरोड गरेर लेखेका छन् । २०६८ सालमा साझा प्रकाशन ललितपुरले यस लेखका लेखक महेश चौधरी र कृष्ण सर्वहारीद्वारा संयुक्त रुपमा लिखित ‘थारू भाषा सिखी’ पुस्तकमा केही स्वर वर्ण र व्यञ्जन वर्णका अक्षर थारू भाषामा प्रयोगमा आउँदैन भन्ने सर्वहारीको मान्यता विपरित प्रयोगमा आएका छन्, जुन यसप्रकार छ —

१. ई — अईनु, ओईने, आई, आईल, जाई, जाईटु, छाई, दुईठो, पह्राई, पिई, फुई, बई, बजल भईया, रोईना, रोईल, सुई, हुई, हुईठ । २. ऊ —बटाऊ । ३ औ —और । ४. संघरीयन, संघारी । ५. छि ः । ६. ङ — अङ्ना, अङ्ठा, दाङ, पिल्सिङ, रङ्ग, सङ्ग्रह, सोङ्ग । ७. ञ — बेञ्च । ८. ण— अकरण, अपूर्ण, पूर्ण, लवण्डा, लवण्डी । ९. त— अस्पताल, किताब, खेत्वा, गीता, चत्तुर, जुत्ता, तोहार, तृतीय, द्वितीय, तयार, नाति, बहुत, बत्वाइल, भित्तर, भात, भारत, भुत्ला, भतिज्वा, सीता, हतार, हत्तेरी । १०. थ— थाहा, थारू । ११. द— दूर, गुदरी, गोन्द्री, मन्द्रा, दारु, दूध, डोकान्दार, बर्दिवन, दाल, बुदु, दिदि, हरद्यार, आदर, दराज, देखैती, दस, दवाई, दरबन्दी, देउखर, विद्वान, उरुद, देओ । १२. ध— अबधि, चौधरी, धान, धन्यवाद, धुइना । १३. श— महेश, विश्वकर्मा, शनिच्चर, श्याम, शैक्षिक सत्र, शिव । १४. ष — कृष्ण, बरष, बिशेषण, भविष्यत, भाषा । १५. क्ष— कक्षा, परीक्षा, शिक्षक । १६. त्र — अत्र, कत्रा, जत्रा, ओत्रा । १७. ज्ञ —आज्ञा सूचक, ज्ञान, आज्ञार्थक । १४. श्र — श्रमदान ।
‘थारू भाषा सिखी’ नामक पुस्तकमा निम्न दीर्घ शब्द प्रयोगमा आएका छन् —

अइली, अन्बी, अक्केली, अंगरी, असीन, अईही, आ“खी, आसीक, आगी, कब्ली, कखौरी, करी, कर्टी, कापी, कैली, कर्ली, करी, करबी, कर्मचारी, का करटी ?, किन्ली, किही, काठी, खुसी, खोखी, खैबी, खैही, खवइली, गडौरी, गन्टी, गोचाली, गोन्द्री, घुट्ठी, घरी, घचीक, घरीक, घण्टी, घोराही, चौधरी, चडरी-पिछौरी, चाही, चुल्ही, छिरटी, छोटी, जाइटी, जैटी, जैही, जन्नी, जुरी, टीना, टाकी, टसली, ठीक,डेबी, ढरी, ढेबरी, ढिकरी, देखैती, दरबन्दी, दूर, दिदी, दूध, नाही, नाची, नापी, परी, पह््रटी, पह््रली, पार्टी, पिबी, बैठी, बैठ्टी, बटी, बन्सी, बेरी, बोल्ली, बोल्टी, बज्टी, बह््री, बहुरीया, बह््रनी, भौजी, भेरी, भाग्यमानी, भाजीक साग, भारी, भेन्डी, भौरी, मह“गी, मही, मच्छी, माछी, मौसी, मुरी, मिलैली, यहरी, यी, रहिडी, लग्टी, लागी, लाहीक साग, लन्बी, लानी, लैजैबी, विद्यार्थी, सूचक, सर्वहारी, संघारी, स्वीटी, हत्तेरी, हस्टी, हाली, हुईबी ।

भाषा विकास कुनैपनि व्यक्तिको सनक, लहड, मनमानी र बेइमानीबाट चल्ने होइन । यहाँ अरू धेरै चर्चा नगरौं । २०७६ साल चैत्र १८–१९ मा बुटवलको सैनामैना नगरपालीकामा ‘थारू साहित्यीक भ्याला’ सम्पन्न भएको थियो । जुन भेलामा तराई एवम् भित्री मधेसका प्रायः सवै जिल्लाका प्रतिनिधीको उपस्थिती थियो । कार्यक्रमको दोस्रो दिन सभामा कृष्ण सर्वहारीको पक्षमा डा. कृष्ण पौडेल र अंग्रेजी साहित्यमा विद्यावारिधिका छात्र रामबहादुर चौधरी उपस्थित भएभने विपक्षमा लेखक आफै उपस्थित थियो । सहजकर्ता सर्वहारी आफै थिए । अढाई घण्टाको प्यानल छलफलपछि हल लेखकको पक्षमा आयो र कार्यक्रम अन्त्य भयो । तर त्यही कार्यक्रममै संयोजक सर्वहारीले म यसलाई स्वीकार गर्दैन भनेर उठेर गयो । उनले गोरखापत्र, नयाँ नेपाल, थारूभाषा पृष्ठमा आफ्नै पारामा सम्पादन र लेखन कार्य गरिरहेका छन् । उनलाई यसो गर्नु हुदैन भनेर सल्लाह, सझाव दिँदा पनि अटेर गरिरहेको हुँदा अब आउँदो दिनको प्रकाशनमा गोखापत्र संस्थानले कुन विधी र प्रक्रिया अवलम्वन गर्छ, सोचनीय विषय हो । (हमार पहुँरा डटकमबाट साभार)

(लेखक पूर्व राज्यमन्त्री तथा थारु भाषा साहित्यका विज्ञ हुनुहुन्छ ।)

दंगीशरण खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित