आस्था, विश्वास र अन्धविश्वास


सुशील चौधरी


अन्धविश्वासले बैज्ञानिक तथ्यलाई वेवास्ता गर्दछ, संयोग वा त्यस्तै अस्पष्ट परिवेशका कारण देखिने उपरी संरचनामा देखिने परिवर्तन वा परिघटनालाई आधार बनाउदछ । त्यसका कारण सत्य तथ्य भन्दा बाहिर गएर धारणा बनाइन्छ, कुनै सोधखोज, अध्ययन र अनुसन्धान नगरी सहजै जुन, आस्था, विश्वास र दृष्टिकोणलाई स्वीकार गरिन्छ भने त्यही नै अन्धविश्वास हो ।


मानिस सामाजिक प्राणी हो भन्ने भनाई आम रुपमा स्थापित विचार हो । मानिस साँस्कृतिक प्राणी हो भन्ने सवालमा त्यति धेरै हेक्का भएको देखिदैन । मानिस साँस्कृतिक भएकोले सामाजिक हुन्छ भन्नु पर्दा झनै जटिलता थपिएला । तर, वास्तवमा मानिस जन्मनु वा जन्मनु भन्दा पहिले नै गर्भावस्थामा नै धेरै साँस्कृतिक परिवेशको सामना गरिरहेको हुन्छ । बालक जन्मुनु पहिले र पछि जुन साँस्कृतिक परिवेशमा गुग्रन्छ, त्यसले व्यक्तिको व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका रहेको हुन्छ । परिवेश व्यक्तिको लागि ज्ञानको आधार हुन्छ ।

बालकका रुपमा रहंदा आमाले प्रयोग गर्ने खाना, नाना र छाना सबै चिजले बालकको शारीरिक, मानसिक र संवेगात्मक विकामा अहं भूमिका खेलेको हुन्छ ।आस्था, विश्वास र अन्धविश्वास पनि व्यक्तिले आफूलाई विकतिर गदैजाँदा प्राप्त गरेका ज्ञान र अनुभवका आधारमा बनाएका धारणाहरुको स्वरुप हो । पदार्थले चेतनाको विकास गर्ने भएकाले जीवनको पेरिफेरीमा प्राप्त सूचना र जानकारीका आधारमा व्यक्तिले आफूलाई विकास गर्दछ । आस्था विश्वासले त्यही रुपमा मानसपटलमा घर गर्दै जान्छ । त्यहि मुता विता सोच र जीवन दृष्टिकोण बनाउन थाल्दछ ।

मानव सभ्यताको विकासको इतिहासलाई नियाल्दा यी कुरा स्पष्ट देख्न र महसुस गर्न सकिन्छ । जस्तै पहिले पृथ्वी चेप्टो छ, सूर्यले पृथ्वीको परिक्रमा गर्दछ भन्ने विश्वास र मान्यता रहंदासम्म मानिसको सोच र दृष्टिकोण फरक किसिमको थियो । जव, पृथ्वीले सूर्यको भू उप ग्रह हो, यसको आकार गोलो छ, भन्ने तथ्य बैज्ञानिकरुले सिद्ध गरेपछि अवका दिनमा वैज्ञानिक दृष्टिकोण स्थापित भएको छ ।
आस्था विश्वासको बलियो प्रतिरुप हो । जस्तै, धार्मिक आस्था, बैचारिक आस्था, साँस्कृृतिक आस्था सबै विश्वासहरु मानिसले उसले प्राप्त गरेको सूचना र जाकारी, अध्ययन, चिन्तन मनन गरेर बनाएको हुन्छ ।

जव व्यक्तिले कुनै विषयवा सवालमा ज्ञान प्राप्त गर्दछ, चिन्तन मनन् गर्दछ,र धारणा बनाउछ । सबै सूचना र जानकारी तथा तत्यहरु सत्य नहुन सक्दछन्, त्यसैले सबै अवधारणा वा दृष्टिकोण सही र सामयीकन हुन सःक्दछन् । द्धन्द्धात्मक भौतिकवादी दृष्टिकोणका आधारमा प्राप्त तथ्य र विश्लेषणले मात्र सत्यको नजिक पुर्यान सक्दछ । भ्रमपूर्ण सूचना र तथ्यहरुका आधारमा बनाएको धारणाले गलत विश्वास वा निष्कर्ष स्थापित गर्दछ, त्यही त्रुटीपूर्ण विश्वासलाई नै अन्धविश्वास भनिन्छ । अन्धविश्वास संस्कृति नभएर कुरिती र कुसंस्कृति हो, जसको कुनै तथ्य प्रमाण हुदैन । यस्तो कार्यलाई प्रोत्साहन गर्न बढावा दिन सामन्ती समाजका हिमायतीहरुले सुसुप्तवा खुल्ला रुपमा बढावा दिन्छन् । समाजमा साँस्कृतिक मान्यताका रुपमा स्थापित गरेर भ्रमको खेतीगर्दै आफ्नो शासन र हैकम जमाउने गर्दछन् ।


अन्धविश्वासले बैज्ञानिक तथ्यलाई वेवास्ता गर्दछ, संयोग वा त्यस्तै अस्पष्ट परिवेशका कारण देखिने उपरी संरचनामा देखिने परिवर्तन वा परिघटनालाई आधार बनाउदछ । त्यसका कारण सत्य तथ्य भन्दा बाहिर गएर धारणा बनाइन्छ, कुनै सोधखोज, अध्ययन र अनुसन्धान नगरी सहजै जुन, आस्था, विश्वास र दृष्टिकोणलाई स्वीकार गरिन्छ भने त्यही नै अन्धविश्वास हो । आफ्नो आँखाले नहेरी, आफ्नो ब्रम्हले चिन्तन नगरी लहै लहैमा विचार बनाउनु नै अन्धविश्वास हो । अन्धविश्वासी कार्यले समाजलाई समानुकुल हिंडन अवरोध खडा गर्दछ । यती मात्र होइन अन्धविश्वासले व्यक्तिको, खोज अनुसन्धान , चिन्तन मनन गर्ने, आलोचना, समालोचना गर्ने सोचको अन्त्य गर्दै अन्धभक्तहरुको जन्म दिन्छ । अन्धभक्तहरुको लस्करले समाजलाई अग्रगतिमा जानबाट अवरोध सृजना गर्दछ ।


अन्धविश्वास सम्बन्धी केहीउदाहरण र यसले पारेको असर बारेमा केही विश्लेषण गरौं । श्राद्धमा विरालो बाध्ने कुरा नेपाली हिन्दु समाजमा स्थापित अन्धविश्वास हो । पण्डितले श्राद्ध गर्दा विरालोले दुध खाइदिएका कारण विरालो बाध्न लगाईको घटना पछि श्र्राद्धमा विरालो बाँध्ने चलन स्थापित भएको देखिन्छ । कालो विरालोले बाटो काटेमा असुभहुने विस्वास पनि त्यस्तै अन्धविश्वासी मान्यता हो । वेलायतमा तेह्र नं लाई अशुभ मानिन्छ । तेह्र नं वेडमा रहेको विरामी अस्पतालमा मरेको कारण त्यो अंकलाई अशुभ मानियो । आजसम्म पनि तेह्र नं लाई अशुभ मानी सार्वजनिक स्थलमा प्रयोग नगर्ने गरेको पाइन्छ । छाउपडी, देउकी, झुमा, बोक्शीप्रथा जस्ता प्रथाहरुले अन्धविश्वासका ज्वलन्त उदाहरण हुन् ।


लौकिक जगत, पृथ्वी र प्रकृति सबै अलौकिक शक्ति (भगवान, इश्वर) ले सृष्टि गरेकाहुन्, समग्र ब्रम्हाण्ड अबोधगम्य छ, भन्ने विचार र आस्था र विश्वास हुन सक्दछ, तर यी सबै प्रश्नको उत्तर भौतिक विज्ञानले दिइसकेको छ । कसैलाई सूर्य, चन्द्र र अन्य ग्रहहरुलाई देवता रुपमा रहेको विश्वास छ, त्यसको उपासना, वापुजनगर्न छुट छ त्यो व्यक्तिगत आस्था र विश्वासको कुरा भयो । तर त्यही कुरालाई बैज्ञानकि भन्न त सकिन्न । कसैले भुत र बोक्सी हुन्छ भन्छ भने त्यो व्यक्तिको व्यक्तिगत विश्वासको कुरा भयो । तर त्यहि विश्वासका आधारमा कुनै व्यक्तिलाई भुत वा बोक्सी बनाएर वा टिकाएर हिंसा गर्न कसैलाई छुट छैन ।


व्यक्तिलाई आफ्नो आत्मिक र आध्यात्मिक आस्था र विश्वासका साथ बाँच्ने हक छ , तर कसैलाई बाध्य पार्ने हक छैन । नेपाली समाज अझै पनि पितृ सत्तात्मक प्रभत्वमा अडेको छ । यसका विरुद्ध निरन्तर चेतनशील विद्रोह भइनै रहेको छ । तर पनि शदियौं देखि धर्मान्ध पाखण्डीहरुले स्थापित गरेको गलत मान्यता एक दिनवा एकछिनमा चुट्कीबजाएर समाप्त हुनेवाला छैन । यसका लागि संगठित हस्तक्षेपको जरुरी छ ।


हरेक व्यक्तिले आफ्ना आस्था र विश्वासलाई समयानुकुल र प्रगतिशील बनाउन समय चेतको विकास गर्न आवश्यक छ । कसैले भनेको, सुनेको वा मानेको आधारमा कुनै कुरालाई विश्वास गर्नु त्यस अनुरुप धारणा र व्यवहार गर्नु पर्दछ । सीमिति तथ्य र जानकारीका आधारमा बनेको वा बन्ने गरेका आस्था र विश्वासलाई बैज्ञानिक अध्ययन अनुसन्धान गरी तथ्यलाई स्थाापित गर्नु पर्दछ । पदार्थले चेतनाले निर्माण गर्ने भौतिक सत्यलाई आत्म साथगर्दै दुरुह र अबोध गम्य ठानिएका सहस्यहरुको पर्दाफास गर्न तर्फ आजको नयाँ पुस्ताले नेतृत्व लिन आवश्यक छ । मानव सभ्यताको विकासको लामो तथा वक्र रेखाहरु कोरिरहंदा मानव समुदायले प्राप्त गरेका तथ्य, सत्य, आस्था, विश्वासहरुलाई समानुकुल बैज्ञानिक रुपमा प्रमाणित गर्दै मानवता र न्याययुक्त बनाउन लागि पर्नुको विकल्प छैन ।

दंगीशरण खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित