सम्वद्धन र उत्खनन्को पर्खाईमा ऐतिहासिक दंगीशरण दरवार

थारू राजा दंंगीशरणको ऐतिहासिक विषयवस्तु

थारू राजा दंंगीशरण दरबार रहेको स्थानमा भौतिक संरचना बनिरहेकोबाट जानकारी पाएपछि २०७७ जेठ १३ गते फिल्डमा गएर अवलोकन गर्ने मौका मिल्यो । थारू राजा दंगीशरण भग्नावशेष दरबारमा निमार्ण कार्य बारे कुरा लेख्नु पूर्व यस पंक्तिकारले यसको ऐतिहासिक विषयवस्तुबारे पश्किन औचित्य थानेको छु ।

इतिहासकार र संस्कृति–विद्हरूको भनाईअनुसार द्वापर युगमा दंंगीशरण राजाले राज्य गरेकोे पुष्टी गरेका छन् । उनी थारू राजा थिए । हालको तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ अन्तगैत सुकौरा गाउँमा थारू राजा दंंगीशरणको भग्नावशेष दरबार रहेको छ जो अझै वृहत् रूपमा उत्खनन् गर्न बाँकी छ ।

उनले आफ्नो शासनकालमा तामाको सिक्का प्रचलनमा ल्याएको र सो सिक्कामा ‘दङ्ग’ शब्द रहेको पाईएको छ । स्मरणीय छ की राजाले मात्र मोहर प्रचलनमा ल्याएको इतिहासबाट थाहा हुन्छ । राजा दंगीशरणको ४० औं पुस्तासम्मले राज्य गरेको विज्ञहरू बताउँछन् ।

दंंगीशरण राजाको बारेमा चर्चा परीचर्चा गर्नुपूर्व दङ्गीशरण र स्वर्गका राजा ईन्द्रबीचको सम्बन्धको बारे छोटकरीमा जान्न जरूरी छ । तीन लोक मध्य १) स्वर्गलोक, २) मत्र्यलोक र ३) पाताल लोक रहेको छ । स्वर्गलोकमा देवताहरू, मत्र्यलोकमा ८४ जीवजन्तुको वासस्थान र पाताललोकमा दानवका राजा दैत्यहरू रहने धर्मग्रन्थले उल्लेख गरेको छ । त्यसैगरी चार युग १) सती, २) द्वापर, ३) त्रेता र ४) कली रहेका छन् ।

प्रत्येक युगमा देवाताहरूको प्रलय र उदय भएको धर्मग्रन्थ र ऐतिहासिक दस्तावेजबाट थाहा हुन्छ । धर्मशास्त्र अनुसार मत्र्यलोकमा राज्य शासन गर्नका लागि स्वर्गको राजा ईन्द्र र पाताल लोकको राजा दैत्यबीच ठूलो युद्ध भयो । स्वर्गको राजा ईन्द्रले सबै देवी देवताहरूलाई बैठकमा बोलाएर युद्धको समिक्षा गरे । बैठक सकेपछि खानपीनको व्यवस्था (धुम्रपान/मद्यपान) पनि भयो ।

खानपीनको क्रममा नाचगानको पनि मञ्चन भयो । स्वर्गका अप्सरा मेनकाको नृत्य शुरू भयो । देवताहरू नसाको सुरमा मोहित भएर मेनकालाई अँगालो हाल्ने र चुम्बन गर्ने प्रयास भयो । अप्सरा मेनकामाथि देवताहरूले गरेको अन्यायपूर्ण दृष्य देखेर दुर्वासा ऋषिले मेनकालाई मत्र्यलोकमा राजा दङ्गीशरणको शरणमा गएर दिउँसो घोडीको रूपमा र राति सुन्दरीको रूपमा बस्नु भनी श्राप दिए ।

दंंगीशरण राजाको धर्मपत्नी पद्मावती रानी थिइन । राजा दंंगीशरणले दिउँसो घोडीमा चढेर सवार गर्थे भने रातको समय सुन्दर युवतीसँग कुराकानी गरेर बिताउने गरेका थिए । यस्तो चाला दंंगीशरण राजाको धर्मपत्नी पद्मावती रानीलाई चित्त बुझेको थिएन । दंंगीशरण राजा र उनकोे धर्मपत्नी पद्मावीित रानीबाट एक सुपुत्र थिए । उनको नाम उपरदङ्गी थियो ।

पद्मावती रानीले दंंगीशरण राजासँग विवाद भएपछि आफ्नो छोरा उपरदङ्गी र दरबारमा रहेको एउटा वफादार कुकुर लिएर दरबार बाहिर हिडिन् । हिड्दा हिड्दा रात परेपछि जंगलको एउटा ओडारमा रात बिताउन बासा बसे । बिहानको मिरमिरे उज्यालोमा ब्याधाहरू (शिकारी) सिकार खेल्न पुगे र सिकारीहरूले रानी पद्मावतीको साथमा रहेको कुकुरलाई देखे र जंगली जनावर ठानेर वाण हाने । वाण कुकुरको खुट्टामा लाग्न पुग्यो र कुकुर कराउन लाग्यो र रानी उठेर हेर्दा सिकारीलाई देखिन् ।

सिकारीहरूले भूलवस जंगली जनावर ठानेर हानेको भन्दै गल्ती भयो भनेर माफ मागे र त्यहाँबाट बाटो लागे । रानी पनि आफ्नो घाइते कुकुर र छोरालाई लिएर गन्तव्यतर्फ लागिन् । कुकुर जुन ठाउँमा पाईला राख्यो त्यहाँ रगतको र खुट्टाको छाप लाग्दै गयो । यसलाई कुकुर गौराको बाटो ९सिमठानाको गल्ली हुँदै बबई, मलई, काठकुवा, थारूवास र पथरतौली हँुदै खोचे कुसुम भनेर चिनिन्छ र यो अहिले पनि प्रसिद्ध रहेको छ ।

यसरी रानी पद्मावतीले एकमात्र पुत्र र कुकुरसँग अनन्त यात्रामा विलिन् भईन् । उता स्वर्गमा पुनः बैठक भयो र जुन बैठकमा स्वर्गमा अप्सरा मेनका अनुपस्थित भईन् । त्यसपछि स्वर्गका राजा ईन्द्रले नारदलाई तीनलोक १४ भवनमध्ये मेनका कहाँ छिन् भनेर खोजेर पत्ता लगाउन उर्दी दिए । आज्ञाअनुसार नारदजीले आफ्नो सितारा बजाउँदै तीनलोक १४ भवनमा खोज्न शुरू गरे । खोजी गर्दा–गर्दा नारदले मेनकालाई मत्र्यलोकमा थारू राजा दंंगीशरण राजाको शरणमा पाए र स्वर्गका राजा ईन्द्रलाई जानकारी गराए ।

यसपछि ईन्द्रले फेरी देवतालाई बैठक बसाले र जानकारी गराए । स्वर्गकी अप्सरालाई मत्र्यलोकमा दंंगीशरणको शरणमा रहेकी अप्सरा मेनकालाई स्वर्गमा ल्याउने सामथ्र्य भगवान कृष्णसँग मात्र रहेको ठहर भयो र उनैलाई सो जिम्मेवारी दिए । ईन्द्रको आज्ञा स्वीकार गरेर कृष्ण भगवान आफ्नो छोरा प्रघुग्नसहित स्वर्गबाट मत्र्यलोकमा आए । शुरूमा आफू दंंगीशरणकहाँ नगएर छोरा प्रघुग्नलाई अप्सरा मेनकालाई मुक्त गर्न विन्ती गर्न पठाए ।

भगवान कृष्णले बासुरीको मधुर धुन बजाएर मेनकालाई मोहित पार्दै स्वर्गमा फर्काएर लैजाने सोचेका थिए तर त्यसो भएन । मोजमस्तीमा मस्त राजा दंंगीशरण अप्सरालाई फिर्ता गर्न मानेनन् बरू जस्तोसुकै युद्ध गर्न तयार भए । त्यसपछि प्रघुग्नले सबै खबर पिता भगवान कृष्णलाई जानकारी गराए । यस्तो खबर पाएपछि भगवान कृष्णले दंंगीशरणको बध गरीदिन्छु भनेर धम्की दिए ।

धम्कीबाट तर्सेर दंंगीशरण राजा गुहार माग्न पाँच पाण्डवकहाँ पुगे । पाँच भाइमध्ये माहिला भाइ भीम त्यसैबेला त्यहाँ थिएनन् त्यसैले दंंगीशरणलाई केही जवाफ दिन सकेनन् । दंंगीशरणराजा भीमकै राज्य हसनापुर जैतापुर जान खोजे । बाटोमा कुनै छिमेकीलाई भेटेपछि भीमकहाँ, कसरी भेट्न सकिन्छ भनेर सोधपुछ गर्दा सिधै दरबारमा उनलाई जान नदिने जानकारी गरेपछि अर्जुनको धर्मपत्नी सुभद्रा सधै बिहान यमुना गंगामा स्नान गर्न जाने र उनीमार्फत भीमलाई भेट्ने उपाय बताए ।

रानी सुभद्रालाई सिधै भेट्न संकोच मानेर दंंगीशरण राजाले नदीको किनारमा सल्लाको चिता तयार गर्न थाले । बिना लाशको चिता तयार पारेको देखेर रानीलाई अचम्म लाग्यो । जिज्ञासु भएर रानीले दंंगीशरणलाई सोधिन तिमीले यो के बनाउन लागेको छौं ? सबै कुरा भनेपछि आफ्नो काम पूरा नहुने कुरा सोच्दै दंंगीशरणले भने तिम्रो काम पूरा गरी दिन्छु भनेर बाचा गर्नुस् म सबै कुरा भन्छु भनेर वचनवद्ध गराए । त्यसपछि दंंगीशरणले भगवान कृष्णले आफ्नो ज्यान मार्ने धम्की दिएको कुरा बताए र आफ्नो ज्यान जोगाईदिन विन्ती गरे ।

रानीले एकोहोरो रोटी नपाक्ने कुरा गर्दै मेरो पनि केही वचन छ त्यसलाई तिमीले स्वीकार्नु पर्छ भनेर वाचा गराइन् । जस्तोसुकै दुश्मन भएपनि सबै देवताहरूको पूजा गर्नुपर्ने भनेर वाचा गराईन् । दंंगीशरण राजाले सबैको पूजा गर्न तयार भएको कुरा बताए । त्यसपछि दंंगीशरण राजालाई दरबारमा जान नपर्ने र सबै व्यहोरा आफैले दरबारमा राखीदिने कुरा सुभद्राले आस्वस्त बनाईन् । सुभद्रा हरेक दिन नुहाएर पूजा गरेर आफ्नो पतिलाई भोजन गराउँथिन तर त्यो दिन भोजन् नगराएर आफ्नो सघन कक्षमा पलङ् मिलाएर सुतिन ।

अर्जुनलाई भोक लागेपछि भान्सामा हेर्न जाँदा रानीलाई सुतेको देखेर मलाई भोक लागिरहेको छ तिमीलाई के भयो सुतिरहेकी छौं ? भनेर सोध्दा रानीले केही जवाफ दिइनन् । भीमबाहेक अरू चार भाइ (युधिष्ठिर, अर्जुन सहदेव र नहकुल) सँग राजा दंंगीशरणले भेटिसकेको र ती चार भाइहरूबाट काम नहुने कुरा थाहा पाएपछि रानीले बोल्न चाहेनन् । त्यसपछि अर्जुन बाहिर निस्केर माइला दाइ भीमसँग भने ‘तिम्रो बुहारीले मसँग बोलिनन् र भोजन पनि नखुवाएको कुरा गरे ।’

भीम बुहारीको कक्षमा प्रवेश गरेर किन सुतिरहेकी ? भाइ भोकाएको छ उठ र भोजन गराऊभन्दा बुहारीले जेठाजुलाई मेरो एउटा काम पूरा गरिदिनुहुन्छ भने भोजन गराउने शर्त राखिन् । दंंगीशरण राजाको ज्यान भगवान कृष्णले मार्ने धम्की दिएका छन् त्यसको ज्यान बचाईदिनुप¥यो । उनले तपाईसहित सबैको पूजा गर्ने कुरा पनि वाचा गरेको कुरा सुनाईन् । सामूहिक रूपमा भूह्यार थान र आफ्नो कुल देवताको रूपमा पूजा गर्ने कुरा सुनाईन ।

दंंगीशरण राजाले भीमलगायत अरू देवी देवताहरूलाई मान्ने भएपछि भीम खुशी हँुदै युद्धमा जाने र दंंगीशरण राजाको ज्यान बचाउने वचन दिए । समय बित्दै जाँदा एकदिन पाँच पाण्डवहरू वन विहारमा गएका थिए र वन विहारमा भिमले आफ्नो दाजुभाइहरूलाई रोटी पकाएर ज्यूनार गराउन लागि रहेका थिए । त्यसै मौकामा कृष्ण भगवानले दंंगीशरण राजाकहाँ युद्ध गर्न पुगे । युद्ध घोषणा बारेमा भीमलगायत पाँच भाइहरू कहाँ खबर गयो । भीमले भरखरै एउटा रोटी टावामा राखेको बेला पकाउँदा पकाउँदै युद्धमा जानुपर्ने भएकोले उनी युद्धमा गईहाले ।

भगवान कृष्ण र भीमको गजा जुध्न थाल्यो । त्यो गजाबाट तीनवटा आगोको झिल्का निस्क्यो । त्यो झिल्का स्वर्गकी अप्सरा मेनकाको छातीमा लाग्यो । जसबाट उनले पाएको सराप जलेर समाप्त भयो । तत्पश्चात मेनका स्वर्गमा गई हालिन । भीम र कृष्ण दुईजना लड्दै थाकेपछि यताउती हेरे र स्वर्गकी अप्सरा मेनकालाई देखेनन् ।

अप्सरा मेनकाको लागि दुईजनाको युद्ध हँुदै गर्दा अप्सरा नै नभएपछि कसको लागि लड्ने भनेर दुबैजना हात मिलाएर सहमति गरेर युद्धबाट बिदा भए । यसरी दङ्गीशरण राजालाई मार्ने भगवान कृष्णको योजना पूर्णता पाएन, दंंगीशरण राजा बचे । युद्धबाट फर्केर आफ्नो दाजुभाइहरू रहेको रोटी पकाउने ठाउँमा पुग्दा त्यहाँ रोटी नजलेर अन्य चारभाइले रोटी उल्टाउन नसकेको अवस्था थियो । स्वयम् भीमले सो रोटी एक्लै उल्टाएर पकाए र आफ्नो दाजुभाइलाई ज्युनार गराए । त्यसैले थारूहरूले भाद्र महिनाको कुशे औंशीपछिको पहिलो आइतबारलाई पर्वको रूपमा व्रत बसेर भीमलगायत पाँच पाण्डवको शक्तिको स्वरूपमा एकैतिरबाट रोटी पकाएर सम्मान र प्रतिकको रूपमा आगोमा आहुती (भोग) दिएर पूजा गर्ने गर्दछन् ।

जव स्वर्गकी अप्सरा मेनका स्वर्गमा वापस भएको सुनेर राजा दंंगीशरणकी धर्मपत्नी पद्मावतीले आफ्नो सुपुत्र उपरदङ्गी र वफादार कुकुरसहित दरवारमा फर्किइन र दङ्गीशरण राजाले राजकाज राम्रोसँग चलाउन थाले । आफूले कबुल गरेको पाँच पाण्डवसहित सम्पूर्ण देवी देवताको आफ्नो देशबन्ध्या ९घनपत० गुरूवा मार्फत सामूहिक ठन्वा (देवथान) मा ब्रह्मा, विष्णुलगायत ३३ कोटी देवीदेवतालाई थान (स्थान) दिन लगाए र आफ्नो कुल देवताको रूपमा रहेका देवताहरूलाई पनि थान (स्थान) दिएर पूजा आरधना गर्न थाले र गाउँ–गाउँमा पनि पूजा गर्न लगाए ।

स्वर्गकी अप्सरा मेनकालाई पनि आफ्नो देवी देवताको प्रतिकको रूपमा मूल पूजाकोठामा स्थान दिएर वा स्थापित गरेर घोडाघोडीको रूपमा पूजा आराधना गर्न थाले । यसरी अहिले पनि प्रत्येक थारूहरूको घरमा माटोको घोडालाई देवताको रूपमा देख्न पाइन्छ । थारू संस्कृतिविद् र जानकारहरूको अनुसार थारू राजा दंंगीशरणको ४०औं पुस्तासम्म दाङ जिल्लाको सुकौराकोटबाट राज्य सञ्चालन गरेको पाइन्छ । दंंगीशरणको अन्तिम पुस्ताको रूपमा मनिपरिक्षकका छोरा रत्नपरिक्षकले राज्य गरे । यिनले पहिलो विवाह भगवतीलाई गरे तर उनीबाट कुनै सन्तान नभएपछि दोस्रो विवाह रानी केटुकीलाई गरे ।

यिनीबाट पनि सन्तान प्राप्ति नभएपछि राजा वैराग भएर राजकाजबाट सन्यासी भएर गोरखनाथको तपस्या गर्न थाले । दुबै रानीहरूले रत्न परिक्षकसँग विन्ति गरेकी तिमी हाम्रो प्राण हो र सम्पूर्ण जीवन साथी भनेर अनेक विन्ती गर्दा पनि नमानेपछि अन्तमा दरबार छोडेर हिडे । दाङको घोराही बजार नजिक चौघेराको जंगलमा गोरखनाथको तपस्या गर्न शुरू गरे । यता दरबारमा रानीहरू अलापविलाप गर्दै आफ्नो प्राण प्यारा राजालाई खोजनीति गर्न थाले समय बित्दै जाँदा जेठी रानी भगवती दाङको नारायणपुर बजार नजिक उत्तर अम्राइको मनथो¥या मन्दिरनेर विलिन भइन् ।

अर्की कान्छी रानी केटुकीले आफ्ना राजा (पति) लाई खोज्दा–खोज्दै भारतको पाटन मन्दिरनेर विलिन भइन् । यतातिर रत्नपरिक्षक राजाले गोरक्षनाथको सिद्धी प्राप्त गरिसकेपछि रत्नपरिक्षक अन्तरध्यानबाट आफ्नो दुबै रानीहरूलाई हेरे । अन्तरध्यानबाट हेर्दा दुबै रानीहरूलाई उनले मृत अवस्थामा देखे । फलस्वरूप उनले भने की यो जुनीमा तिमीहरूको मनोकामना पुरा गर्न सकिन आउँदो दिनहरूमा तिमी रानीज्यूहरूको मनोकामना पूरा होओस् भनेर मनथो¥या मन्दिर जेठी रानी भगवतीको लागि बनाइदिए । हाल पनि उक्त मन्दिर भग्नावशेषको रूपमा रहेको छ ।

कान्छी रानी केटुकीको लागि भारतको पाटनमा पत्नही भगवती मन्दिर बनाइदिए । जो हाल पनि देख्न हेर्न सकिन्छ । दंंगीशरण राजाको अन्तिम पुस्ताको राजा रत्नपरिक्षकले गोरखनाथको सिद्दी प्राप्त पछि छैठौं पुस्ताका चेला बने र उनको सिद्दी प्राप्तपश्चात् गोरक्ष रत्ननाथ मन्दिरको नामको रूपमा प्रचलित छ । सिद्दी प्राप्त देखेर जनताहरूले १२०० विगाह जग्गा रतननाथ गुठीलाई चढाएका थिए । र, पाँच गाउँका थारू किसानहरू (जलौरा, उत्तर अम्राइ, दक्षिण अम्राई, चाघु र दुविचौरा) ले दशैंमा पन्चवलीको रूपमा राँगा, बोका, भेडा, सुँगुर र चल्लाहरू प्रत्येक वर्ष दशैंमा २०१८ सालसम्म पूजा गर्दै आएका थिए ।

हाल यी पञ्चवलीको रूपमा कुपिन्डो, लौका, गरी, सुपारी र ल्वाङ चढाउने गरिन्छ । प्रत्येक वर्ष यो प्रचलन २०१८ सालदेखि संस्कृत विद्वान् स्व। योगी नरहरिनाथले सुरू गरेका थिए । प्रत्येक वर्ष रत्नपरिक्षक राजाले आफ्नो कान्छी महारानीलाई भारतको पाटनमा भेट्न जाँदा जेठी रानी रहेको मन्ठो¥या भगवती मन्दिरसँग रोट चढाई अनुमति लिई पाटन जाने चलन अहिले पनि छ । यो होली पूर्णिमाको दिन चिर दहन गरी त्यसैरात भाले डाँकसँगै रत्ननाथ देवताको खाली खुट्टामा पैदल सवारी गर्दथे । हालसम्म परिस्थिति अनुसार गाडी घोडामा जाने गर्दछन् ।

सवारी गर्दा पर्चुखा (घोराही उपमहानगरपालिका) मा देश निकारी भनेर २०१८ सम्म एउटा सुँगुर र चल्ला पुज्ने गर्दथे । हाल गरीको डल्लो, ल्वाङ र जल चढाउने गर्दछन् । यसका साथै रोट लिएर मन्ठो¥याबाट पाटन जाँदा बाटोमा लमही रतनपुरमा १र२ दिन बसेर देवताको पूजाआजा गर्दछन् । त्यसपछि पाटनतिर देवताको सवारी शुरू हुन्छ । चैत महिनाको महाअष्टमीमा भक्तजनहरूलगायत साधुमहन्ठहरूले पटनही भवानीको भब्य स्वागत गर्दछन् ।
र त्यही हजारौ संख्यामा सुंगुरको झट्का पूजा हुने गर्दछ । थारूहरूले पनि आफ्नो घरमा चालचलन, रीति र संस्कृति अनुसार चैत्र महाअष्टमीमा वर्का पूजाको रूपमा पट्नही भवानी देवीको पञ्चवली पूजा गर्ने गर्दछन् ।

प्रत्येक युगमा देवीदेवताका उदय र प्रलय हुने गरेकोले दंंगीशरण थारू राजा, पाँच पाण्डवलगायत श्रीकृष्ण भगवान, स्वर्गका राजा इन्द्र, ब्रह्मा, विष्णु, नारद भगवानहरू समकालिन देखिन्छन् । पुरातत्व विभागबाट उत्खनन् प्रयास यसरी उपरोक्त वैभव इतिहास रहेको र थारू राजा दङ्गीशरणले राज्य सञ्चालन गरेको ठाउँमा सुकौरा गाउँमा अहिले पनि भग्नावशेष दरबार रहेको र सो भग्नावशेष दरबार ठूलो डुम्ना (ढिस्को) को रूपमा रहेको छ ।

थारू राजा दंंगीशरणले सुकौरामा शासन केन्द्र बनाई राज्य गरेको बारे यदाकदा पहिलेको थारू पूर्खा र थारू र गैरथारू संस्कृतिविद्हरूले कुरा गरेको सुनिने गर्दथ्यो । तर अलि ब्यापकरूपमा पश्चिम नेपालका थारूहरूले २०६३ सालमा दङ्गीशरण थारू राजा सुकौरा महोत्सव २०६३ को आयोजना पश्चात् अझ ब्यापक रूपमा यो विषयले राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा बहस र छलफलमा आयो ।

महोत्सवमा तत्कालिन गृहमन्त्री (हालका प्रधानमन्त्री) केपी ओलीको प्रमुख आतिथ्यमा महोत्सव सम्पन्न भएको थियो । थारू कल्याणकारीसभा अन्तर्गतको थारू बुद्धिजीवि परिषद् दाङले थारू राजा दंंगीशरणबारे ऐतिहासिक प्रमाणको पुष्ट्याइ गर्नमा अनुसन्धात्मक कार्य गरेको सर्वविदितै छ । तत्पश्चात् नेपाल सरकारले यो भग्नावशेष दरबारलाई उत्खनन् गर्ने कार्यलाई शुरूवात गरेको छ र पुरातत्वविद्हरूलाई २०६५ सालतिर सम्वन्धित ठाउँमा पठाएर प्रारम्भिक अध्ययन गर्दा उक्त भग्नावशेष दरबार रहेको ठाउँबाट निकै पुरानो अवस्थामा दरबारको भित्ता चाक्लो र ठुला ढुङ्गा तथा ठूला इट्टाबाट बनेको दरबार भएको संकेत पत्ता लाग्यो । सिक्काहरू पनि फेला प¥यो ।


सो प्राप्त संकेतहरूलाई सुरक्षित साथ छोपेर पुनः उत्खनन् गर्ने गरी राखेको छ । पुरातत्व विभागले सो क्षेत्रलाई निशाना बनाएर उपयुक्त स्थानलाई कुनै पनि संरचना तोडफोड नगर्ने र माटो खनेर यताउता नगर्ने भनेर जानकारी पनि गरेको अवस्था छ । तर यसै बर्ष सो भग्नावशेष दरबारका केही भागहरूमा निर्माण कार्य शुरू भएको छ । स्थानीयहरूको पहल कदमी र यस जिल्ला क्षेत्रस्तरका राजनीतिक नेता तथा सामाजिक अगुवाहरूको माग र चाहना बमोजिम दंंगीशरण थारू राजाको भग्नावशेष दरबार क्षेत्रमा प्रदेश नं.५ को सरकारले सानो रूपमा बजेट रकम विनियोजित गरेर यस बर्ष थारू राजा दंंगीशरणको प्रतिमा राख्ने कार्यको राम्रो शुरूवात गरेको छ । प्रदेश नं. ५ को सरकारका माननीय मुख्य मन्त्री शंकर पोखरेल र माननीय डिल्ली बहादुर चौधरीलाई हामी सबै यस क्षेत्रका जनताले धन्यवाद दिनुपर्छ ।

विकास र निर्माण कार्य गर्दा ध्यान दिनुपर्ने पक्ष
निमार्ण कार्य भइरहदा निम्न अनुसारको पक्षलाई विचारणीय रूपमा लिन जरूरी देखिन्छः–
१) सर्वप्रथम ऐतिहासिक धरोहर दङ्गीशरण थारू राजाको भग्नावशेष दरबार क्षेत्रको वास्तविक क्षेत्रफल छुट्याएर तारवार वा पर्खाल लगाएर ब्यवस्थित गर्न अत्यन्त जरूरी छ । केही भागमा राम्रो पर्खाल निर्माण भइसकेको अवस्था छ । तर धेरै भागमा खुल्ला छ ।

२) भग्नावशेष दरबारको क्षेत्रफल सुनिश्चित भइसकेपश्चात् र त्यस वरीपरी पनि दङ्गीशरण थारू राजासँग जुटेका स्थान जस्तै शुक्रेश्वरी मन्दिर, थारू राजा दङ्गीशरणका रानीले नुहाउने कुवा, पिउने पानीको कुवा, थारू राजा दङ्गीशरणले गाउँलेहरूसँग बसेर छलफल गर्ने स्थान आदि इत्यादि स्थानहरू पनि सुनिश्चित गरेर समग्र डिपिआर ९म्भतबष् िएचयवभअत० गुरूयोजना बनाउन जरूरी छ । डिपिआर विनाको योजनाहरू टुक्रा–टुक्रामा कार्य गर्दा समग्र भग्नावशेष दरबारको उत्खनन् कार्य प्रभावित हुने सम्भावना रहन्छ । डिपिआर भइसकेपश्चात् सोही बमोजिम वडा सरकार, उपमहानगरपालिका सरकार, प्रदेश सरकार र केन्द्र सरकारले श्रोत रकम विनियोजित गरेर कार्य अगाडि बढाउँदा राम्रो र प्रभावकारी हुने देखिन्छ ।

३) उक्त भग्नावशेष दरबार रहेको स्थानमा उत्खनन् अगावै संरचनालाई बिगार्ने र तोडफोड हुनसक्ने गरी कुनै स्काभेटर र डोजर प्रयोग गर्नुहँुदैन । जसले गर्दा सोही क्षेत्रमा रहेको थारू राजा दंंगीशरणसँग जुधेको सम्बन्धित ऐतिहासिक वस्तुहरू स्थानान्तरण हुने र विग्रने सम्भावना रहन्छ । ऐतिहासिक बस्तुहरू उत्खनन् पूर्व संरक्षण हुन जरूरी छ ।

४) नेपाल सरकारले चाडोभन्दा चाडो उत्खनन्का लागि तत्परता देखाउन जरूरी छ । सो कार्य गर्नको लागि डिपिआर (गुरू योजना) बनाउन जरूरी छ ।उदाहरणको लागि लुम्बिनी विकास कोष, सुर्खेतको काँक्रे विहार र काठमाडौंको रानी पोखरी जस्तै नेपाल सरकारको मातहतको कार्यसंरचना जस्तै दंंगीशरण उत्खनन् तथा विकास कोष समिति बनाएर र नेपाल सरकारको उच्चस्तरीय वैतनिक विज्ञको प्रावधान गरेर काम थालनी गर्न जरूरी छ ।

५) सो भग्नावशेष दरबार क्षेत्रमा निर्माण कार्यमा हाल आधुनिक खालका इट्टा र सिमेन्ट प्रयोग हुँदैछ । सो वस्तुलाई प्रयोग गर्नुहँुदैन जस्तो लाग्छ ।
किनकि उत्खनन् गर्दा प्राप्त हुने ऐतिहासिक इट्टा, ढुङ्गा र अन्य वस्तुहरूसँग हाल प्रयोग हुने आधुनिक सामानहरूले पुरानो ऐतिहासिक वस्तुहरूको उत्खनन्मा तर्कवितर्क उत्पन्न हुनसक्छ । त्यसैले सो द्विविधा तर्क हुनसक्ने स्थितिलाई मध्यनजर गरेर हाल प्रयोग हुने सामग्रीहरू ख्याल गर्नु पर्ने जरूरी छ ।

६) हाल निर्माण भइरहेको स्थानमा डोजर लगाउँदा थारू राजा दंंगीशरणको भग्नावशेष दरबारसँग मिल्ने इट्टा र ढुङ्गालगायत अन्य वस्तुहरू नपाइएको भन्ने छलफलमा कुरा उठ्यो । सो कार्य हामी साधारण नागरिकले सजिलोसँग पत्ता लगाउन पहिचान गर्ने क्षमता राख्दैन । त्यसैले सम्वन्धित क्षेत्र विषयको विज्ञ वा उत्खनन्विद्ले मात्र थाहा पाउने पक्ष रहेकोले थारू राजा दङ्गीशरणको हालको सम्पूर्ण भग्नावशेष क्षेत्रलाई ऐतिहासिक क्षेत्रको रूपमा अधिग्रहण गर्ने र सो सम्पूर्ण क्षेत्रको संरचनालाई संरक्षण गर्न जरूरी छ ।

७) थारू राजा दङ्गीशरणको इतिहास र भग्नावशेष दरबार स्थानीयहरूको मात्र सरोकार र सम्पत्ति नभएर यो राष्ट्रिय अन्तर्राष्ट्रियस्तरको विषय र सम्पत्ति हो । त्यसैले यसलाई महत्वको साथ संरक्षण गर्ने र विकासको पहल गर्न जरूरी छ । यति हुँदाहुँदै पनि स्थानीयहरूको जिम्मेवारी र लगनशीलता पक्कै पनि बाहिरको भन्दा अझ महत्वपूर्ण र गहन उत्तरदायित्व रहन जान्छ । हाल श्रोत साधनको कमी र जे जस्तो श्रोत बजेट पाइन्छ त्यही काम गरी हालौं भन्ने तर्क हुन सक्छ । जसले गर्दा गुरूयोजनाविना काम बिग्रने सम्भावना रहन्छ । काम बिगार्नुभन्दा र ऐतिहासिक पहिचान भेट्नुभन्दा हालको भग्नावशेष डुम्की (ढिस्को) लाई संरक्षण गर्न सके मात्र पनि हाम्रो पिंढीको कर्तब्य पूरा हुने देखिन्छ ।
यसको महत्व थाहा पाएमा उत्खनन् त कुनै न कुनै बेला हुनै पर्ला । त्यसैले ऐतिहासिक स्थानको संरक्षण, सम्वद्र्धन र उत्खनन् गर्न सरकार र नागरिक अगुवाहरूले जिम्मेवारी वहन गर्नुपर्छ ।

८) अर्को पाटो थारू राजा दंंगीशरणको भग्नावशेष दरबारलाई वेवास्ता गरेर अन्यत्र थारू राजा दङ्गीशरणसँग सम्बन्धित ऐतिहासिक संग्राहलय र निर्माण कार्यको योजना भइरहेको भन्ने विभिन्न सामाजिक सञ्जालहरूमा लेखिएको पाइन्छ ।

मेरो आफ्नो विचारमा सुकौरास्थित थारू राजा दंंगीशरणको भग्नावशेष दरबार क्षेत्रका उत्खनन् र समग्र विकासका लागि स्थानीयदेखि सबैले पहल गर्न जरूरी छ । सम्बन्धित क्षेत्र र जिल्लास्तरका नेतृत्व गर्ने राजनीतिक नेताहरूको माझ ठूलो जिम्मेवारी र उत्तरदायित्व पनि हो । यो पक्षमा अहिले वेवास्ता भएको नै छ ।

तथापि अन्यत्र स्थानमा थारू राजा दङ्गीशरणसँग सम्वन्धित संग्राहलय र थारू राजाको प्रतिमा नराख्ने भन्ने सवाल हुँदैन । जहाँ–जहाँ थारू राजा दङ्गीशरणसँग जुधेको संरचना र ऐतिहासिक मठमन्दिर संग्राहलयहरू जस्तै अम्राईको मन्ठो¥या मन्दिर, चोघेराको गोरखनाथ मन्दिर, धारपानीको पाँच पाण्डवको इतिहास जोडिएको मन्दिर, भारतको पाटनदेवी मन्दिर, चखौराको थारू संग्राहलय र सुकौरा दरबारलाई दङ्गीशरण कोरीडोरकोे रूपमा विकसित गरी पर्यटन प्रवद्र्धन गर्ने सम्भावना धेरै छ ।

सकिन्छ भने कम्तिमा सम्पूर्ण थारूहरूले थारू राजा दङ्गीशरणको प्रतिमा प्रत्येक घरधुरीमा बनाएर राख्न जरूरी छ । त्यसैले थारू राजा दङ्गीशरणको भग्नावशेष दरबारलाई उत्खनन्, संरक्षण र प्रवद्र्धन गर्ने र आन्तरिक तथा वाह्य पर्यटनलाई टेवा दिइ समृद्ध नेपालको लागि कोसेढुङ्गा हुनसक्छ ।

(लेखकः थारू कल्याणकारी सभाका केन्द्रीय कोषाध्यक्ष तथा बेसका कार्यकारी निर्देशक हुन् ।)

दंगीशरण खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित