थप ७२ जनामा कोराना संक्रमण, नेपालमा संक्रमितको संख्या ६७५ पुग्यो


घोराही, १२ जेठ । नेपालमा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा संक्रमितको संख्या ६ सय ७५ पुगेको हो ।


सोमवार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमामा ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयको अनुसार धनुषा, कपिलवस्तु, काठमाडौं, बारा, रौतहट, सुनसरी, बर्दिया, बाँके र दैलेखका नागरिक रहेका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा रौतहटको राजपुर फरहदवा नगरपालिका र इशनाथ नगरपालिकाका १८ देखि ५३ वर्ष उमेर समूहका २६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिए । उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा बाराको कलैया र कोटवालीका २ जना पुरुष तथा गढीमाई नगरपालिकाका २१ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको हो ।

त्यसैगरि भेरी अस्पताल, नेपालगन्ज र कर्णाली प्रदेश अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा दैलेखको नारायण नगरपालिकाका ४ पुरुष, ढुंगेधर गाउँपालिकाकी एक महिला, गुराँस गाउँपालिकाका २ पुरुष गरी ७ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंको टोखाका २ जना पुरुष र बूढानीलकण्ठका एक जनामा पुरुषमा संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा गरिएको परीक्षणमा बाँकेके दुधवा र राप्ती सोनारी गाउँपालिकाका ४ जना पुरुष र बर्दियाको बाँसगढी गाउँपालिकाका एक जना पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा धनुषाको नगराइन नगरपालिका-३ का ३ जना पुरुष तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको परीक्षणमा सप्तरीको डाक्नेश्वरी गाउँपालिकाका २ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ४, ५ र ६ का ३ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । हालसम्म संक्रमण पुष्टि भएकामध्ये १०५ जना निको भएका छन् भने बाँके, सिन्धुपाल्चोक र गुल्मीका एकरएक गरी ३ जनाको मृत्यु भएको छ ।

दंगीशरण खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित