विपत्तिमा मानवताको चित्कार कहिले सम्म ?


सुशील चौधरी

अब कहिलेसम्म विपत्तिमा मानवताको चित्कार सुन्नु पर्ने नियति कायम राख्ने ? विपत व्यवस्थापन मानवतामुखी बनाउन हामीले कहाँनेर कमजोरी गर्दैछौं ? हामीले हालसम्म प्राप्त गरेको वैभवता, मानवीय मुल्य, समभावहरु हाम्रा पीडा दुर गर्नपर्याप्त छैन भने, अब हामीले के कस्तो कदम चाल्नु पर्दछ भन्ने यक्षप्रश्नमा मथिंगल खियाउनु पर्छ की ?

प्रकृतिको नियम नै यस्तो छ, नयाँ निर्माणका लागिध्वंस निम्त्याउने । मानिस कविला, गण र विभिन्न मानव समूहहुँदै पशुपालन, कृषि पेशा संगै कुटिर उद्योग बाट सिक्दै आधुनिक उद्योग विकासको क्रमसम्म आइपुग्दा मानव सभ्यताको विकास गर्न प्रकृतिसंग बेजोड टकराव भएको छ । बाढी, पहिरो, हुरी बतास, चक्रवात, समुद्रीआँधी, छाल, भूकम्प र महमारीहरु युग—युगमा घटित भएका छन् । अर्थशास्त्रको पितामानिएका अर्थशास्त्री माल्थसले त मानव जनसंख्याको सन्तुलन प्रकृतिले गर्ने बताएका थिए । आध्यात्मवादीहरु सृष्टिकता, पालनकर्ता र संहारकर्ता छन्,भन्ने विश्वास गर्दछन् । भौतिक विज्ञानले पृथ्वीको उत्पत्ति नै महाटक्करबाट नै भएको प्रमाणित गरेको छ । समय—समयमा महाप्रलय आइरहेको र आउने अनुमान समेत गरिएको छ । एकाइशौ शताव्दीका महान् भौतिक शास्त्री वैज्ञानिक स्टीफीन हकिंसले समयको इतिहास (हिस्ट्री अफआइम) पुस्तकमा यहीगतिमा मानिसले प्रकृतिको दुरुपयोग गर्दै जानेहो भने एक हजार वर्षभित्रमा जीवको सर्वनाश हुने भनेर गएका छन् । मानिसले समय क्रममा प्रकृतिसंग समायोजन र अन्तर घुलन हुदै समया नुकुल संस्कृति पनि निर्माण गर्दै अभ्यास समेत गर्दै आएको छ । मानिसले समयानुकुल संस्कृतिको रुपान्तरण पनि गर्दै आएको छ । तर प्रकृतिको महानियतिलाई हरेक युगमा विवशताका साथ समाना गर्दै, झेल्दै आएको छ ।


पाँच दशक हाराहरीको जीवनयबमा मैले तराईमा रहेको औँलो र मलेरियाको महामारी, झाडा पखालाको महमारीबारे पढेको, सुनेको, देखेको छु । यसका साथै प्रत्यक्ष रुपमा २०७० सालको बाढी, २०७२ को महाभुकम्पको तवाह भोगें । हालमहामारीको रुपमा विश्वलाई आच्छु ताच्छु पारिरहेको रोग कोरोनाभाइरस (कोभिड – १९) भोगिरहेको छु ।


तराई मामहामारीको रुपमा औलो रहेको बेलामा तराईमाथारु र अन्य केही तराईका आदिवासी समुदाय बाहेकका जातिहरुलाई सहज ब बसोवासको अवस्था थिएन । आंैलोका कारण अनगिन्ती मानिसको मृत्यु हुने गर्दथ्यो, हैजा र झाडा पखाला पनि ठूलो महामारी हुने गर्दथ्यो । केही समय पहिले स्वाइन फ्ल्यु पनिमहामारी भएर केही समय जनस्वास्थ्य समस्याका रुपमा देखियो । यी र यस्ता महमारीमा नेपालले धेरै सावधानी र योजनाका साथ लडेको छ र काबु पनिपाएको छ ।
नेपालले १९९० को भूकम्प झेल्यो त्यसपछि २०७२ साल बैशाख १२ गते दोस्रो महाभुकम्पको शिकार भयो । दोस्रो महाभुकम्पको म प्रत्यक्षदर्शी पीडित व्यक्तिभएँ, जुन घटनाले मेरो जीवनको यात्रालाई नै मोडिदियो । दसहजार बढी व्यक्तिको ज्यान दिएको त्यो महाविपत्तिले नेपाललाई राजनीतिक, आर्थिक र सामाजिक रुपमाहल्लाइदियो । म र म जस्ता लाखौं व्यक्तिको जीवन पद्धति नै विश्रृ खलित पारिदियो । पीडितहरु सबैले सरकारी राहत पाइसकेका छैनन् । न त भत्केका घरहरु पुनःनिर्माण भइसकेका छन् । न त टुटेकामनहरुले पूर्णरुपमा जोडिन सकेका छन् ।


२०७२साल बैशाख १२ गतेको दोस्रो महाभुकम्प आफुले नजिकबाट भोगेकोले जीवनमा कहिल्यै बिर्सन सकिने छैन । मानव जीवनमा सिकाईका रुपमाप्राप्तहुने थोरै प्रकृति जन्य घटनाहरु मध्ये एक बन्नगएको छ, महाभुकम्प २०७२, मेरो मानसपटलमा । सहज अवस्थामा धनी, गरिव, नेता, जनता, गाउँले शहरिया, तथाकथित ठुला जाति र साना जाति, पहुँचवाला र निरिह व्यक्ति, विद्धान र अनपढ जस्तो किसिमले मानिसलाई अलग गरेपनि प्राकृतिक विपत्तिका बेला व्यक्ति समान मानवको रुपमाप दार्पण हुने रहेछ । विपत्तिमा विभेदपूर्ण सामाजिक र साँस्कृतिक मान्यताहरु काँचझै झर्याम्म फुट्ने र डोरी झै चँुडिने रहेछ भन्ने कुरा महाभुकम्पको बेलामा मैले अवलोकन र अनुभूत गर्ने अवसर पाएँ । मान्छे—मान्छे वीचकोरिएका विभेदका रेखाहरु क्षणभरमै मेटिए जस्ता भए । मानिसको मन भित्र जेजस्तो मानसिक हुण्डरी चलिरहेको भएपनि सम्भावित महामारीलाई एक्लै सामना गर्न नसक्ने कुरा बुझेर मौनता साँध्नबाध्यहुने रहेछ, स्वार्थी मानिस ।


प्राकृतिक कप्पन र प्रतिक्रियाहरु जसले आमनियमित मानव जीवन पद्धतिलाई नै क्षणभरमै अस्तव्यस्त पारिदिन्छ । मानिसले तत्काल त्यसको कारण र असरबारे अनुमान लगाउन सक्दैन । त्यस्तै भयो, महाभुकम्पको दिन । आफैले शनिवारको दिन गाउँबाट आएको भतिजोलाई काठमाण्डौको नजारा देखाएर मनोरंजन गराउने अभिप्राय थियो, मेरो । ग्लयुमी सन्डे भनेजस्तै पिडादायी शनिवार, आयो मेरो जिन्दगीमा । २०७२ बैशाख १२ गते १२ बजे दिउँसो पृथ्वी हल्लियो । भीमसेन धरहरा जसलाई काठमाण्डौको ताज मानिन्थ्यो, सल्लाको रुख जसरी हल्लियो, त्यसपछि ठस्लक्कै भाँचिएर नांैतले धरहरा पश्चिमतर्फ बजारियो । धरहरा त ढल्यो त्यससंगै मेरो हंसले ठाउँ छोड्यो । मेरो भतिज सहित साठी जनाको ज्यान गयो । सम्पन्नता को दम्भमा अन्धो र मदमस्त राजधानी क्षणभरमै धुलि सातभयो । अमिर र गरीव, जुनसुकै पेशा व्यवसायका व्यक्ति भएपनि सबैको सडक, पेटी, पार्क र पाटीको बास भयो । दुनियाको अस्थाको धरोहर, मुक्ति मोचन गर्ने ठानिएका मठ मन्दिरहरु, राजामहाराजा र शासक जन्माउने आलिशान राजमहल, र प्रशासनिक महलहरु पनि ढलेकाथिए । सबैले हरि भजन गाइरहेका थिए, एक आपसलाई सघाइरहेका थिए । सुस्वास्थ्यको कामना गरिरहेका थिए । यस्तो लाग्थ्यो, हरेक मानिसले हरेक मानिसलाई चिन्दछन्, सबैले सबैको सरोकार लिइरहेका थिए, भावना साटासाट गरिरहेकाथिए । समानताको साम्यवाद अवतरीत भएको थियो, कान्तिपुरी नगरी स्वर्गपुरीको रुपमा पदार्पित भएको थियो ।


प्रकृतिलेसबै प्राणीहरुलाई सृष्टि गर्दा आवश्यकताको सिद्धान्तका आधारमा नै गरेको हुनु पर्दछ, तर अरु प्राणीमा स्वार्थीपन नहुनु तर सबैभन्दा ज्ञानी र विवेकशील प्राणाी दावीगर्ने मानव जाति किन यसरी स्वार्थी र किंकर्तव्यविमुढ ? लोभ लालच, क्रोध, मायामोहका कारण मानव समुदायलाई नै दुरुह बनाइ दिन्छ । मानवतावादी र समतामुलक समाज बनाउन कति कठिन ?
नेपाल लगायत समग्र विश्व मामहामारीको रुपमा छाएको कोरोनाभाइरसले मानव समुदायको सातो लिएको छ ।

हामी अति कम विकसित देश, जो एक चौथाई जनसंख्या गरिवीको रेखामुनी रहेका छन्, अति संवृद्ध भनिएका महाशक्ति राष्ट्रहरुलाई पनिहम्मे हम्मे परिरहेको छ । देश र विश्व नै बन्दाबन्दीमा रहेको छ । लाखौ लाख व्यक्तिहरु संक्रमित छन् । लाखौको संख्यामा व्यक्तिहरुले ज्यान गुमाइ सकेका छन् । बन्दाबन्दीका कारण सामाजिक र आर्थिक क्रियाकलाप हुन नपाउँदा अर्थतन्त्रमा छाएको मन्दीले आर्थिक र सामाजिक विचलन आउन सक्ने अवस्था बन्दै छ । यति कारुणिक अवस्था मामहाशक्ति राष्ट्रहरु भने को शक्ति शालीहुने भन्ने सवालमा दन्त बजान गरिरहेका छन् । यस्तो लागिरहेको छ की, कतै हामीले पाँचहजार वर्षमा विकास गरेका, दर्शन, साहित्य र संस्कृतिमा पो खोट छ की ? अवको युगलाई समतामूलक, संवृद्ध र शान्त तथा गतिशील बनाउन हाम्रो राजनीतिक सिद्धान्त, अधिरचना र मुल्यमान्यताहरुको निर्ममतापूर्वक समालोचना र अनुशीलन गर्ने बेलाभयो कि ?


अब कहिलेसम्म विपत्तिमा मानवताको चित्कार सुन्नु पर्ने नियति कहिले सम्म कायम राख्ने ? विपत व्यवस्थापनका मानवता मुखीबनाउन हामीले कहाँनेर कमजोरी गर्दैछौं ? हामीले हाल सम्म प्राप्त गरेको वैभवता, मानवीयमुल्य, समभावहरु हाम्रा पीडा दुर गर्न पर्याप्त छैन भने, अबहामीले के कस्तो कदम चाल्नु पर्दछ भन्ने यक्षप्रश्नमा मथिंगलखियाउनु पर्छ की ?

दंगीशरण खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित