प्रदेशमा नेपालीको अनुभुतीः जब रातमा निद्रा हराएर जान्छ

कोरोना भाइरस (कोभिड- १९) यो एक संक्रामक रोग हो । यो रोग पहिलो पटक डिसेम्बर २०१९ मा चीनको हुबेई प्रान्तको राजधानी वुहानामा पहिचान गरिएको थियो र त्यसपछि विश्वव्यापी रुपमा फैलिएको छ, जसको परिणाम स्वरुप २०१९ देखि हाल अहिले २०२० सम्म यस कोरोना भाइरस महामारी बाट आज विश्व नै आक्रान्त भएको अवस्था छ ।

विश्वका अधिकांस सबै मुलुकका जनता कोरोनाको संक्रमण मा परेका छन् । यो महामारीका कारण अहिलेसम्म विश्वभर करोडौ मानिस कोरोना बाट संक्रमित हुन पुगेका छन भने लाखौले ज्यान गुमाइसकेका छन । कोरोना महामारीको कहरले आतंकित पुरै दुनियाका मानिसहरुको जनजीवन अस्तव्यस्त भएको छ । कोरोना विरुद्धको लडाईमा दुनियाभरका देशहरुले युद्धस्तरमा पुरै आफ्नो ताकत लगाएर लागिपरेका छन् ।

सोही हेतुले साईप्रस सरकारले पनि गत महिना मार्च २४ तारिख देखि अप्रिल १३ तारिख सम्मलाई लकडाउन घोषणा गरेको थियो । अती आवश्यक परेर बाहिर जानै परेमा म्यासेजमा अनुमती लिएर निस्कन सकिन्थ्यो । तर, त्यस लकडाउनले (कोभिड-१९) मा सुधार नदेखिए पछी थप लकडाउन अवधिलाई बढाएर अप्रिल ३० तारिख सम्म थप कडाई गरी दिनमा मात्र एउटा म्यासेज गरेर बाहिर जान मिल्ने र राती ९ बजे देखी बिहान ६ बजे सम्म कर्फ्यु जारी गरेको थियो । सोही लकडाउनलाई निरन्तरता दिने र सर्वसाधारणहरुलाई मध्य नजर गर्दै मे ४ देखी साइप्रस सरकारले दिनमा ३ ओटा म्यासेजको अनुमती लिन सक्ने र राती कर्फ्यु गरी तेस्रो पटक लकडाउन जारीगरेको छ । समय र वातावरण सामान्य रहे मे २१ देखी साइप्रसको लकडाउन खुल्ने कुरा रहेको छ ।

संकटको विषम परिस्थितिमा आफुलाई बचाउन र कोरोना बिरुद्द यस लकडाउनको वेलामा घरमै बसेको छु । वास्तवमा निकै नै गाह्रो हुदोरहेछ । घरैमा समय र दिन काटनुको पिडा , बरु वाहिर दौड्धुपको जिन्दगी नै प्यारो हुदो रहेछ भन्ने कुरा सिक्न पाए । लकडाउनका यी दिन र रातहरु एकदमै स्मरणीय रहनेछन् । कुनै वेला रमाइलो लाग्ने, कुनै वेला अतयास लाग्ने, कहिले दिउसैको समयमा दिनभर सुतिदिने अनी राती निन्द्रै हराएर जाने र रात भरी पुराना दिनहरु समझेर झलझली याद आउने । कहिले राम्रा कुरा याद आउदा मनै फुरुग् हुने र झन झन समझिन मन लाग्ने तर कहिले काही यस्ता याद आइदिने जुन भुलेर पनी नसझिनुपरोस भनेर क़सम खाएको हुन्थे।

अत्यास लाग्ने, रुन मन लाग्ने, कतै बाहिर गएर घुमेर आउ जस्तो लाग्ने त कहिले भागेर यो जिन्दगी देखी नै टाढा जाउँ जस्तो लाग्ने । यी तिता मिठा मनका बह सँग कुन दिन कती गते हो र कुन बारको कुन दिनको केही समय त पत्तै भएन । तर, समय एकै नास नरहने रहेछ विस्तारै समय अनुसार मान्छेमा परिवर्तन आउदो रहेछ । मैले पनी आफुलाई सुधार गर्नका लागी केहि पुराना छुटेका पुस्तकहरु पढ्न थाले । ल्यापटपमा नेटफ्रिक्स जोडेर एतिहासिक सिनेमाहरु झाँसीकी रानी, पानीपथ, मोहेनजोदारो, रजिया सुल्तान, अशोका जस्ता दर्जनौ र पान सिंग थोमर, व्याड अफ व्ल्ड, बदला, दिल्ली क्राइम, राजनीति, सि जस्ता सिनेमाहरु हेरेर दिन वित्न थाल्यो र यही समयमा धेरै कुराको ज्ञान पाउने मौका पाए ।

अहिले लकडाउनमा मेरो दिन यसरी नै विताइरहेको छु । विहानै उठ्ने व्यायाम गर्ने, सरसफाई गरेर खाना पकाउने खाने र पुस्तक पढ्ने, सिनेमा हेर्ने, सोसल मिडिया चलाउने, साथी भाई सँग गफ गेरर रमाइला कुरा गर्ने साथै घर परिवार सँग कुरा गर्ने र कोरोनाको उच्च जोखिमवाट कसरी बच्ने र सतर्कता अपनाउने बारे जनचेतनाको कुरा गर्ने, वेलुका एक टाइम घर वाट टाढा वाकमा जाने, रातीको खाना पकाउने खाने र सुत्ने ।

आफ्नो घर परिवारवाट टाढा परदेशी भुमिमा लकडाउन विताउनु गाह्रो भए पनि समयलाई सदुपयोग गर्न सिकेर केही पुस्तक, लेख रचनाहरुवाट आफुलाई भविष्यको लागी राम्रो ज्ञान आर्जन सकियो जस्तो अनुभव भैरहेको छ । सँसारको नजरलाई छोडेर आफैलाई आफु भित्रवाट नियाल्न र चिन्न पाए जस्तो महसुस् गर्दैछु । बास्तवमा समय बलवान हुदोरहेछ । आफुले आफैवाट विजय हासिल गर्नु नै सबैभन्दा ठुलो सफलता रहेछ । त्यसैले हरेक चीजलाई हामीले सकारात्मक सोचौ, नकारात्मक सोचले दिमाक र शरिरको रोग निम्त्याउँनु हो । लास पानीमा तैरिन्छ किनकी डुब्नलाई जिन्दगी चाहिन्छ । आफ्नो जिन्दगी सोचले स्वास्थ्य र सुन्दर वनाउनुस किनकी स्वास्थ्य नै समपती हो । स्वस्थ रहनुस सतर्क रहनुस् ।

दंगीशरण खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित