कविता:पृथ्वीको गुनासो

विवेक आचार्य

मलाई कहिल्यै भारी बिसाउन दिएनौ
हो आज म तिमीलाई तिमीसंगै थुनेको छु ।
अस्ति देखि सिरसिर बतासमा झुमेको छु ।
तिमी त नाक मुख छोप्दै हिड्या छौ
जता छौ मेरै आफ्ना त हौ ।
नसके पाखुरा सके लात बझारेकै छौ ।
म शितल बतासमा सुस्केरा हाल्दै गर्दा
कुकुर बिरालोहरु बाटोमा डुल्दै गर्दा
निलो आकाशमा सेता परेबा उड्दै गर्दा
बल्ल मलाई सम्झियाै हाेला है?

कलम बनाउने हातले तिमी तरबार बनायौ
कति घरलाई बेघर बनायौ ?
फुल रोप्ने बगैंचाभरि भुल रोपेछौ।
जलाउनु पर्ने त आशाको दिप थियो
एकले अर्कोको देश जलायौ ।
बिना रंगको पानी कलरफुल बनायौ ।

खै किन यति बिघ्न भाछौ ?
रावणकै भेषमा लुट्यौ सारा राम त अब खै मिल्ला नमिल्ला । घाँस खानीले मास खाछौ
भित्र मिसिन ठुलै बनाछौ । अट्ने नअट्ने सबै पचायकै छौ ।

आखिर के थियो र तिमीसङ्ग ?
नाङ्गै थियौ कपास दिए ।भोक लाग्दा गाँस दिए । हो थोरै बुद्धि तिमी पनि लगायौ ।
मैले देको दाउराले पलङ बनायौ ।
ढुङ्गा माटोले महल बनायौ ।
बम बारुद सबथोक बनायौ ।
आफूसंगै मलाइ जलायौ ।
सबथोक तिमि मलाई नाङ्गैै गरायौ ।

खै के थाहा छ र तिमीलाई ?
थाहा त अब पाउछौ
म रहे पो तिमी रहने छौ ? धर्ती आकाश अब सब सम्मै देख्ने छौ ।

न त सुर्य न चन्द्रको प्रकाश देख्ने छौ ? एकछिन त सोच त्यो कालो अध्यारोमा तिमी कहाँ बिलिन हुनेछौ ?
अहँ मेरो आश नगर है त्यतिबेला
न त म रहने छु न तिमी ।

दंगीशरण खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित