बाल बिबाह रोक्न घरपरिवारबाट अभियान थालौं : नगर प्रमुख चौधरी


घोराही, ३० मंसिर । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले बाल बिबाह गर्न नहुने सन्देश परिवार र विद्यालय शिक्षाबाट फैलाउनु पर्नेमा जोड दिएकाछन् । बाल बिबाहले पार्ने शारिरीक र सामाजिक असरका बारेमा घर परिवार सँगै विद्यालय शिक्षाबाट सचेतना फैलाउनु पर्नेमा उनको जोडथियो ।

उपमहानगरको महिला बालबालिका तथा सामाजिक विकास शाखाले बालबालिका, अभिभाबक र शिक्षकहरु बिच बालबिबाह र लैंगिक हिंसा नियन्त्रण गर्ने विषयमा आयोजना गरेको अभिमुखिकरणमा नगर प्रमुख चौधरीले बाल बिबाह नगर्न र नगराउन सबैलाई अपिल समेेत गरेेका थिए । बाल बिबाहलाई कानुनले समेत रोकेको भन्दै घरका अभिभाबक र विद्यालयका शिक्षकहरुले यस विषयमा सचेत पार्नुपर्ने उनको भनाई थियो । उमेर नपुग्दैको बिबाहले शारिरीक, मानसिक, सामाजिक र आर्थिकरुपमा कुनै न कुनै बेला असर गर्ने भन्दै बाल बिबाहलाई सबै मिलेर रोक्न आबस्यक रहेको बताए। कार्यक्रममा शाखा प्रमुख मोती विश्वकर्माले बाल बिबाहका बारेमा बालक्लव, घर परिवार र विद्यालयले सचेतना जगाउने काम गर्नुपर्ने बताइन । बाल बिबाहले नै विभिन्न असरहरु निम्त्याउनुका साथै लैंगिक हिंसामा समेत जन्मने भन्दै सबै मिलेर कानुनले बन्देज गरेका कामहरुलाई रोक्नु पर्ने उनले जोड दिएकीथिइन् ।

दंगीशरण खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित